दसैँको अवसरमा सहुलियत पसलको सुरुवात
Prime TV News १० महिना अगाडि 
काठमाडौ । दसैँ पर्वलाई मध्यनजर गर्दै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थापाथलीस्थित आफ्नो परिसरमा सहुलियत पसलको सुरुवात गरेको छ। यस वर्षको दसैँका लागि विभिन्न खाद्यवस्तु र उपभोग्य सामानहरू सस्तो मूल्यमा उपलब्ध गराउनको लागि कम्पनीले पसल खोलेको हो।
यस वर्षको बिक्री वितरण विशेषतः जेनजी आन्दोलनको असरले केही फरक शैलीमा गरिएको छ। अघिल्ला वर्षमा जस्तै तामझाम र भव्य उद्घाटन कार्यक्रम नगरी, यस वर्ष खाद्य कम्पनीले कम मात्रामा प्रचार गरेर सहुलियत पसल खोल्ने निर्णय गरेको छ। यो निर्णयको मुख्य उद्देश्य ग्राहकलाई पर्वको समयमा आवश्यकता अनुसार सस्तोमा सामान प्राप्त गर्नको लागि सहजता प्रदान गर्ने उदेश्य राखिएको छ ।
सहुलियत पसलमा किनमेल गर्न आएका उपभोक्ताको संख्या अपेक्षाकृत कम देखिएको छ । केही उपभोक्ताले पसलमा गएर सामानको अवलोकन गरे पनि, खरीदको संख्या उच्च नरहेको बताईएको छ । यसका साथै, दशैँको पर्वका अन्य दिनहरूमा किनमेलको गति तीव्र हुने अपेक्षा गरिएको छ।







