महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान समय सर्यो
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले आफ्नो ११ औं महाधिवेशनको निर्वाचन कार्यक्रममा संशोधन गरेको छ।
संशोधन कार्यतािलका अनुसार महाधिवेशनको मतदान समय एक घण्टा सरेको छ। अब, सोमबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान अबधि राखिएको छ । पहिले तय गरिएको मतदान समय मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्मको थियो।
तर, निर्वाचनमा कुनै असुविधा नआओस् र सबै प्रक्रिया समयमै सम्पन्न होस् भन्ने उद्देश्यले समय परिमार्जन गरिएको एमालेका नेताले जानकारी दिएका छन्। कार्यक्रमको नयाँ तालिका अनुसार, अहिले उम्मेदवारी दर्ता भइरहेको छ र उम्मेदवारको प्रारम्भिक नामावली सोमबार साँझ ६ बजे सार्वजनिक हुनेछ।
यसपछि, उजुरी, छानबिन र निर्णय प्रक्रिया सम्पन्न गरिने छ र अन्तिम नामावली सोमबार बेलुका साढे ८ बजे सार्वजनिक गरिने छ। त्यसपछि, मतदान प्रक्रिया भोलि बिहान सुरु हुनेछ ।












