अन्तिम नामावली सार्वजनिक, कुन पदमा क-कसले दिए उम्मेद्वारी
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले नेतृत्व चयनको चरणमा प्रवेश गरेसँगै उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्ष पदमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हुने भएको छ।
पाँच उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएपछि ती पदमा कडा प्रतिस्पर्धा देखिएको छ। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ।
तीन उपमहासचिव पदमा सात जना उम्मेदवार मैदानमा छन् भने नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ। पदाधिकारी तहका सबैजसो पदमा बहुआयामी प्रतिस्पर्धा देखिनुले महाधिवेशन थप चासोको केन्द्र बनेको छ।
पार्टी विधानअनुसार मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिनेछ। निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएपछि मतगणना गरी परिणाम सार्वजनिक गरिनेछ।













