राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले राजीनामा दिएका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारीस्वरूप उनले सल्लाहकार पदबाट राजीनामा दिएको वताइएको छ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका थापा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट नेकपा (एमाले) का राजेन्द्र राईसँग पराजित भएपछि राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार नियुक्त भएका थिए।

कांग्रेसभित्र पछिल्लो समय उनी महामन्त्री गगन थापाको समूह नजिक देखिँदै आएका छन्। राष्ट्रियसभा सदस्यको उम्मेदवारी सुनिश्चित गर्न उनले पदबाट राजीनामा दिएको बताइएको छ।