नवनियुक्त तीन मन्त्रीले लिए शपथ (फोटो फिचर)


काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीलाई शपथ ग्रहण गराएका छन्। नवनियुक्त मन्त्रीहरूमा ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङ समावेश छन्।
अधिवक्ता र अधिकारकर्मी अर्याललाई गृह मन्त्रालयसहित कानुन, न्याय र संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार र निर्माण मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
साथै, भदौ महिनामा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्दा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
यसै बिच नबनियुक्त अर्थ मन्त्री खनालले राज्यको कुनै पनि सुविधा नलिने घोषणा गरेका छन् । उनले तलव भत्ता, मन्त्री निवास, गाडी लगाएतका सुबिधा नलिने बताएका हुन् ।

