नेपाली महिला क्रिकेट टिमको नेतृत्व भारतका हर्षल पाठकलाई

User Image Prime TV News ४ हप्ता अगाडि
Image of नेपाली महिला क्रिकेट टिमको नेतृत्व भारतका हर्षल पाठकलाई

काठमाडौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार औपचारिक रूपमा पाठकलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको छ।

अन्तर्राष्ट्रिय अनुभव बोकेका पाठक यसअघि थाइल्यान्डको राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक थिए। उनको प्रशिक्षणमा थाइल्यान्डले उल्लेखनीय प्रदर्शन गर्दै एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

क्यानले पाठकको रणनीतिक क्षमता, खेलाडी विकासमा रहेको अनुभव र अन्तर्राष्ट्रिय स्तरको ज्ञानले नेपाली महिला क्रिकेट टिमको स्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। हाल नेपाली महिला क्रिकेट टिम विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा रहेको अवस्थामा पाठकको आगमनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

नयाँ प्रशिक्षकको नेतृत्वमा टोलीको प्रदर्शन अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।