एमाले महाधिवेशनमा कति वेला सुरु हुन्छ मतदान ?

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमाले महाधिवेशनमा कति वेला सुरु हुन्छ मतदान ?

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रिया आज अपरान्ह ४ बजेपछि मात्रै शुरु हुने भएको छ। उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन समिति निर्वाचनका प्राविधिक तयारीमा जुटेको हो।

निर्वाचन आयोगबाट प्राप्त मतदाता नामावलीलाई डिजिटल प्रणालीमा प्रविष्ट तथा कोडिङ गर्न समय लाग्ने भएपछि पहिले तय गरिएको समयभन्दा ढिलो मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ। सबै मतदाताको विवरण डिजिटल प्रणालीमा समावेश गर्न अपरान्ह ४ बजेसम्म लाग्ने अनुमान गरिएको छ।

यसअघि दिउँसो १ बजेदेखि मतदान शुरु गर्ने भनिए पनि प्राविधिक तयारी नसकिएकाले समय सारिएको हो। महाधिवेशनमा कुल ८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान प्रक्रिया सञ्चालन गरिनेछ।

निर्वाचन समितिका अनुसार प्रत्येक मतदाताले भोट हाल्न औसत ३५ देखि ४० मिनेट समय लाग्ने छ। महाधिवेशन स्थलमा मतदानलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक सबै तयारी तीव्र पारिएको समितिले जनाएको छ।