चुनावमा दल र जेनजीबीचको सम्भावित झडप नै सुरक्षा चुनौती
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । गृह मन्त्रालयले २१ फागुनमा प्रतिनिधिसभा चुनाव सम्भव रहेको जनाएको छ। सुरक्षा निकायहरूले चुनावको मुख्य चुनौती दल र जनसांघिक समूह (जेनजी)बीचको सम्भावित झडपमा रहेको र फरार कैदी वा हराएका हतियार मुख्य जोखिम नबनेको निष्कर्ष प्रस्तुत गरेका छन्।
सुरक्षा ब्रिफिङ अनुसार, नेपाल प्रहरीले १,२७१ हतियार हराएको थियो । तर अधिकांश फिर्ता भइसकेको छ। बाँकी केही हतियार प्रदर्शनकारीहरूले फालेका वा अलिकति लुकाएका हुनसक्ने अनुमान गरिएको छ। करिब १४ हजार कैदी फरार भएकोमा करिब १० हजार नियन्त्रणमा भइसकेको कैदीको विषयमा सुरक्षा निकायले बताएका छन् ।
बाँकी पाँच हजारभन्दा कम कैदी मात्रै फरार छन् र उनीहरूबाट चुनावमा ठूलो खतरा नहुने देखिएको वताईएको छ । गृह मन्त्री ओमप्रकाश अर्यालले पनि २१ फागुनमा चुनावको विकल्प नरहेको भन्दै, तोकिएकै मितिमा चुनाव सम्पन्न गरी नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।
सुरक्षा निकायको मूल्याङ्कन अनुसार, दल र जेनजीबीचको सम्भावित झडप रोक्न र चुनाव सुरक्षित सम्पन्न गर्न आवश्यक तयारी तीव्र रूपमा भइरहेको छ।













