तोकिएको मितिमा निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन

User Image Prime TV News ४ हप्ता अगाडि
Image of तोकिएको मितिमा निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले तोकिएको समयमा निर्वाचन नगरे यसको औचित्य समाप्त हुने चेतावनी दिएका छन्।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधानअनुसार छ महिनाभित्र निर्वाचन गरिनुपर्ने उल्लेख गर्दै, मिति सार्ने तर्कको औचित्य नभएको बताए। पुनले भने, “फागुन २१ मै निर्वाचन हुनुपर्छ, चुनाव सर्नुको अर्थ संविधान उल्लङ्घन हो।”

उनले समयमै निर्वाचन गरेर मात्र देशलाई संकटबाट बाहिर निकाल्न सकिने दाबी गरे। साथै, अर्थतन्त्र चलायमान बनाउन पूँजीगत खर्च बढाउन र निजी क्षेत्रलाई राहत दिन सरकारसँग आग्रह पनि गरे।