प्रगतिशील लोकतान्त्रिक पार्टीको पहिलो केन्द्रीय समिति बैठक सुरु
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक काठमाडौंको नयाँबजारस्थित पार्टी प्यालेसमा सुरु भएको छ।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचन तयारी र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। यो पार्टीको गठनपछिको पहिलो केन्द्रीय बैठक हो । बैठक भोलिसम्म जारी रहने बताईएको छ ।
बैठकको सुरुवातमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै केन्द्रीय सदस्यलाई शपथ खुवाएका छन्। भट्टराईको अभिभावकत्वमा गठन भएको पार्टीमा जनार्दन शर्मा, सन्तोष परियार, राम कार्की, सुदन किराँतीलगायत नेताहरू सहभागी छन्।













