विद्युतीय मेसिन तयारीमा समय लाग्दा मतदानमा ढिलाई
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व छनोटका लागि आज सुरु हुने भनिएको मतदान अहिलेसम्म सुरु हुन सकेको छैन।
सुरुमा मतदान बिहान १० बजेबाट सुरु हुने तय गरिएको थियो । तर हालसम्म कुनै सुरसार छैन। मतदान सुरु हुने समय पटक–पटक सारिँदै आएको छ। सुरुमा १ बजे, त्यसपछि ४ बजे सुरु हुने भनिएको थियो। तर विद्युतीय मेसिनमा उम्मेदवारको नाम प्रविष्ट गर्ने काम अझै बाँकी रहेको बताइएको छ।
विद्युतीय मेसिनका सञ्चालकका अनुसार, “सुरुमा आएको उम्मेदवारको सूचीमा फेरबदल भयो र नयाँ सूची आएको छ। त्यसैले नाम प्रविष्ट गर्न ४–५ घण्टा लाग्छ।” यसरी, नेतृत्व छनोटको मतदान प्रविधिगत तयारीका कारण ढिलाइमा परेको छ।
यध्येपी ईश्वर पोखरेल समुहले भने रातको अबधिमा मतदान नगराउन माग गरेको छ । निर्वाचन समितिले भने मतदानको तालिका परिवर्तन गर्न नसिकने जनाएको छ ।












