नेप्सेमा सुधार, १२ उपसमूह हरियो, नेप्से १८.३७ अंकले उकालो

User Image Prime TV News ४ हप्ता अगाडि
Image of नेप्सेमा सुधार, १२ उपसमूह हरियो, नेप्से १८.३७ अंकले उकालो

काठमाडौ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दै २६१९.९९ विन्दुमा पुगेर बन्द भएको छ। आज नेप्से १८.३७ अंकले उकालो लागेको हो। बजारसँगै सेन्सेटिभ इण्डेक्स ३.१५ अंक, फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले बढेको छ। परिसूचक बढे पनि कुल कारोबार रकममा भने सामान्य गिरावट आएको छ।

आज ३२५ कम्पनीको ५५ हजारभन्दा बढी पटकको कारोबारबाट करिब ३ अर्ब २९ करोड रुपैयाँ बराबरको ७८ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो।

तीन कम्पनीका सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेका छन्। स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानल नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ। यसैगरी बाराही हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा बढी र लुम्बिनी विकास बैंकको करिब ६ प्रतिशतले वृद्धि भएको छ।

घट्ने कम्पनीतर्फ श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य सबैभन्दा बढी ४.१६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको करिब १९ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। लुम्बिनी विकास बैंक र हिमालयन रि–इन्स्योरेन्सको कारोबार पनि ९ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ। विकास बैंक उपसमूह सबैभन्दा बढी १.५६ प्रतिशतले उकालो लागेको छ भने होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ।