एमाले ११औँ महाधिवेशनमा मतदान पुनः स्थगित, साँझ ७ बजेदेखि राति १ बजेसम्म हुने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमाले ११औँ महाधिवेशनमा मतदान पुनः स्थगित, साँझ ७ बजेदेखि राति १ बजेसम्म हुने

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनको मतदान समय पुनः परिवर्तन गरिएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगले संशोधित तालिका सार्वजनिक गर्दै आज साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान गरिने जनाएको छ।

यसअघि आजै दिउँसो ४ बजेदेखि मतदान सुरु हुने कार्यक्रम तय गरिएको थियो। तर निर्वाचनसँग सम्बन्धित प्राविधिक तयारी तथा मतदाता विवरण अद्यावधिक गर्ने काम पूरा हुन नसकेपछि मतदान समय सारिएको बताइएको छ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र तोकिएको नयाँ समयमै मतदान सुरु गर्ने तयारी भइरहेको आयोगले जानकारी दिएको छ। एमालेको नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनलाई पार्टीभित्र महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।