एमाले महाधिवेशनको मतदान स्थगित, भोलि बिहान ८ बजे हुने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमाले महाधिवेशनको मतदान स्थगित, भोलि बिहान ८ बजे हुने

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि तय गरिएको मतदान प्राविधिक अव्यवस्थाका कारण स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार अब मतदान भोलि बिहान ८ बजेबाट सुरु हुनेछ।

यसअघि आज दिउँसो १ बजे मतदान हुने भनिएको थियो। पछि समय सारेर साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदान गरिने तालिका सार्वजनिक गरिएको थियो। तर आवश्यक प्राविधिक तयारी पूरा नभएकाले दुबै पटक मतदान हुन सकेन।

मतदान स्थगित हुँदा प्रतिनिधिहरू भने मतदान हुने आशामा लामो समयसम्म लाइनमै बस्न बाध्य भएका थिए। ११औँ महाधिवेशनमार्फत एमालेले नयाँ नेतृत्व चयन गर्दैछ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्।