विद्युतीय मतदानले समय बढी लियो, ‌ओली र पोखरेललाई ४५ मिनेट भन्दा वढी समय लाग्यो

User Image Prime TV News ४ हप्ता अगाडि
Image of विद्युतीय मतदानले समय बढी लियो, ‌ओली र पोखरेललाई ४५ मिनेट भन्दा वढी समय लाग्यो

काठमाडौ । नेकपा एमालेको नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रिया अपेक्षाभन्दा ढिलो भएको छ। बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि प्राविधिक कारणले करिब एक घण्टा ढिलाइ भएको हो।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच भिडन्त भइरहेको छ। निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिएको भए पनि उम्मेदवारहरूको संख्या धेरै भएका कारण मतदान प्रक्रिया सुस्त भएको निर्वाचन समितिले जनाएको छ।

प्राविधिक स्रोतका अनुसार अध्यक्ष पदका उम्मेदवारहरूले मात्र मतदान गर्न करिब ४५ मिनेट भन्दा वढी समय खर्चिनुपरेको थियो। तर निर्वाचन समिति स्रोतले अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीलाई मतदान गर्न ५५ मिनेट लागेको जानकारी दिएको छ।

निर्वाचन आयोगका अनुसार समाचार तयार पार्दासम्म १६० भन्दा वढी प्रतिनिधिले मतदान गरिसकेका छन्। मतदान प्रक्रिया अझै जारी रहेकाले नतिजा सार्वजनिक हुन समय लाग्ने देखिएको छ।