एमाले नेतृत्व चयनमा प्यानलगत प्रतिस्पर्धा तीव्र, मतदानस्थलमा भोट माग्ने क्रम जारी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमाले नेतृत्व चयनमा प्यानलगत प्रतिस्पर्धा तीव्र, मतदानस्थलमा भोट माग्ने क्रम जारी

काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूमाझ प्यानलगत प्रतिस्पर्धा तीव्र बनेको छ। अध्यक्ष केपी शर्मा ओली  र ईश्वर पोखरेल पक्षले मतदानस्थलमा पुगेका प्रतिनिधिहरूलाई आफ्ना प्यानलका उम्मेदवारहरूको सूची वितरण गर्दै भोट मागिरहेका छन् । 

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डप परिसरमा लामबद्ध भएर पालो कुरिरहेका छन्।

मतदानस्थलमा ओली पोखरेलले मत हाले संगै मतदान प्रक्रिया सुरु भएको थियो । उनीहरू लाइनमा बसेका प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन् मतदानस्थलमा दुवै प्यानलका नेताहरू सक्रिय भएपछि वातावरण थप रौनक बनेको छ ।