प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि जारी
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति बैठक आज बुधबार दोस्रो दिन पनि जारी छ।
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरूले विधान मस्यौदा लगायत अन्य महत्त्वपूर्ण विषयमा आफ्नो धारणा राखिरहेका छन्। बैठक हिजो देखि सुरु भएको थियो । जसमा ३१ जना सदस्यले आफ्ना विचार प्रस्तुत गरेका थिए। त्यस्तै, बैठकको अवसरमा पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए।
केन्द्रीय सदस्य जन्मदेव जैसीले बैठकको उद्देश्यबारे जानकारी दिँदै भने, “विधान मस्यौदामाथि बैठकमा छलफल भइरहेको छ। तल्लो तहको सुझावहरूलाई समेत समेटेर हामी यसलाई पारित गर्ने तयारीमा छौँ।” बैठकको पहिलो पूर्ण सत्र मंगलबार सम्पन्न भएको थियो भने दोस्रो दिनको बैठक आज सकिने बताइएको छ ।












