नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा चार जनाविरुद्ध अदालतमा मुद्दा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा चार जनाविरुद्ध अदालतमा मुद्दा

काठमाडौ । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध ठगी मुद्दा दायर गरिएको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिनेमा पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेपा रहेका छन्। जिल्ला सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार उनीहरू सबैविरुद्ध ठगी कसुरमा अभियोग लगाइएको छ।

अभियोगपत्रमा चारै जनालाई दोषी ठहर भएमा पाँच वर्षसम्म कैद सजाय माग गरिएको छ। अनुसन्धानका क्रममा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बहुमूल्य जग्गा गैरकानुनी रूपमा प्रयोग तथा हिनामिना गरिएको पाइएको सरकारी वकील कार्यालयले जनाएको छ।

सरकारी निकायको सम्पत्तिको दुरुपयोगसम्बन्धी यो प्रकरणलाई गम्भीर अपराधका रूपमा लिँदै अदालतमा मुद्दा दायर गरिएको र अब न्यायिक प्रक्रियाअनुसार थप कारबाही अघि बढ्ने बताइएको छ।