एमाले महाधिवेशनमा मतदान समय थप, अब साँझ ८ बजे सम्म मतदान स्थलमा पुगि सक्नुपर्ने
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय तीन घण्टा थप गरिएको छ।
प्रारम्भिक रूपमा मतदानस्थलभित्र प्रवेश गर्ने समय साँझ ५ बजे सम्म सीमित गरिएको थियो भने अब महासचिवका प्रत्यासी शंकर पोखरेलका अनुसार ८ बजेसम्म प्रवेश गर्ने मतदाताले पनि मतदान गर्न पाउने छन्।
महासचिव पोखरेलले मतदानमा सबै मतदाताले सहभागी हुन पाउने वातावरण सुनिश्चित गर्न समय थप गरिएको जानकारी दिएका छन्। केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार बिहान ९ बजेबाट सुरु भएको मतदानमा अहिले सम्म करिव ७ सय भन्दा वढी मतदाता सहभागी भै सकेका छन् ।
निर्वाचन आयोगले मतदानको समयमा थप गरिएको यस परिवर्तनले सबै मतदाताले आफ्नो अधिकार प्रयोग गर्न सक्ने विश्वास व्यक्त गरेको छ।












