यी हुन् मतदानमा अनुपस्थित हुने प्रतिनिधि ( सूची सहित )

User Image Prime TV News ४ हप्ता अगाडि
Image of यी हुन् मतदानमा अनुपस्थित हुने प्रतिनिधि ( सूची सहित )

काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना महाधिवेशन प्रतिनिधि अनुपस्थित भएका छन्। निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन्, जसअनुसार ९८.०४ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएको जानकारी दिए। करिब २२ घण्टा लामो मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगको दाबी छ।

मतदानको सुरुवात अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेका थिए। अन्तिम मतदान नेता योगेश भट्टराईले गरेका थिए।

पटक–पटक समय सरेर ढिलाइका बीच सम्पन्न भएको मतदानमा उच्च सहभागिता देखिए पनि प्रतिनिधि अनुपस्थित हुनु र लामो समय लाग्नुले महाधिवेशन व्यवस्थापनमाथि प्रश्न उठाएको छ। अब एमालेको ध्यान मतगणना र नयाँ नेतृत्वको औपचारिक घोषणातर्फ केन्द्रित भएको छ।

मतदानमा अनुपस्थित हुने प्रतिनिधि:

केन्द्रीय कमिटी
१. मुकुन्द न्यौपाने
२. बसन्त नेम्वाङ
३. बालकृष्ण काउछा मगर
४. ब्रिजेश गुप्ता
५. राजकुमार गुप्ता
६. हरि बहादुर राजवशी
अनुशासन आयोग
१. पोष्ट कुमार नेपाल
२. सरस्वती गौतम
३. सतिलाल राजवंशी
४. प्रदीप प्याकुरेल (सुशील)
(उपस्थित तर कार्ड नभएको)
निर्वाचन आयोग
१. समिर नेपालल
२. रचना राजोपाध्याय
लेखा आयोग
१. अशोक केसी
विभाग
१. धनश्याम कोइराला
२. संजीव रोकाहा
महाधिवेशन प्रतिनिधि
१. कृष्णमाया भुजेल (झापा)
२. लक्ष्मी यादव (बारा)
३. शत्रुधन प्रसाद सिंह (सिरहा
४. राजेन्द्र प्रसाद यादव (पर्सा)
५. अशु आनन्द (पर्सा)
६. मनोजकुमार गुप्ता (पर्सा)
७. विजय कापर (सप्तरी)
८. जितेन्द्र चौधरी (महोत्तरी)
९. दानबहादुर बिक
१०. बब्लु शिवाकोटी
११. सिर्जना नेपाली (प्रवास)
१२.अशिम कोइराला
१३. दिनेश बास्तोला
१४. गिरिराज बेलबासे
१५. राजेन्द्र अर्याल
१६. मिना पोख्रेल
१७. तेजकुमार विक
१८. पल्लवराज भट्ट
१९. तिलक रिजाल
२०. गोमा नेपाली