मतगणनाको प्रारम्भिक चरणमा ओली अगाडि, अन्यले पाए कति मत ? ( सूची सहित )

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मतगणनाको प्रारम्भिक चरणमा ओली अगाडि, अन्यले पाए कति मत ? ( सूची सहित )

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भृकुटीमण्डपमा जारी छ। बिहीबार बिहान करिब पौने १० बजेदेखि सुरु भएको मतगणनामा प्रारम्भिक परिणाम आउन थालेका छन्।

पार्टी निर्वाचन आयोगका अनुसार हालसम्म ८ वटा विद्युतीय मतदान मेसिनको मतगणना सकिएको छ। गणना भएका २२३ मतमध्ये अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले १५६ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् भने अर्का उम्मेदवार ईश्वर पोखरेलले ६७ मत पाएका छन्।

यस निर्वाचनमा कुल ८० वटा विद्युतीय मेसिनमार्फत मतदान गरिएको थियो। महाधिवेशनमा सहभागी २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गरेका थिए। निर्वाचन आयोगका अनुसार ३६ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका छन्।

महाधिवेशनबाट १९ जना पदाधिकारी चयन गरिनेछ। ती पदका लागि ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने केन्द्रीय कमिटीसहित विभिन्न तहका पदमा ३०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

मतदान प्रक्रिया हिजो बिहान करिब सवा ९ बजेदेखि सुरु भएको थियो। एमालेको ११औँ महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित चौरमा उद्घाटन गरिएको थियो भने मंसिर २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै आएको छ।

मंसिर २९ गतेभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहे पनि निर्वाचन प्रक्रिया ढिलो सुरु भएकाले कार्यक्रम लम्बिएको हो।

जारी मतगणनामा कसको कति मतः–

अध्यक्ष
केपी शर्मा ओली : १५६
ईश्वर पोखरेल : ६७
उपाध्यक्ष
अरुण नेपाल : ३८
गुरु प्रसाद बराल : १०९
गोकर्ण राज विष्ट : १३३
टकं प्रसाद कार्की : ४३
पर्शुराम मेघि गुरुङ्ग : ४७
प्रथवि सुव्वा गुरुङ : १७१
भिम प्रसाद आचार्य : २७
रघु जी पन्त : १२३
रामबहादुर थापा बादल : १५३
विन्दा पाण्डे : ९८
विष्णु प्रसाद पौडेल : १७३
महासचिव
शंकर पोख्रेल : ११५
सुरेन्द्र प्रसाद पाण्डे :१०८
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ७१
योगेस भट्टराइ : १४०
रघुविर महासेठ : १२६
राजेन्द्र प्रसाद गौतम : २६
लेखराज भट्ट : १४७
विष्णु प्रसाद रिमाल : १०५
वैजनाथ चौधरी : ५४
सचिव
अग्नि प्रसाद खरेल : ७७
इन्द्रलाल साप्कोटा : ४१
कर्णबहादुर थापा : ९३
कृष्ण गोपाल श्रेष्ठ : ५९
खगराज अधिकारी : १३२
गोकुल प्रसाद बास्कोटा : १०४
छविलाल विश्वकर्मा : १४५
ठाकुर प्रसाद गैरे : ९३
पद्मा कुमारी अर्याल : १५२
पुर्सोतम पौडेल : ५९
पेम्वा लामा : ५०
भानुभक्त ढकाल : १०७
महेश बस्नेत : १५०
यमलाल कडेल :
रचना खड्का : ८३
राजन भट्टराइ : ११३
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : ८२
शेरधन राई : १४१
हिक्मत कुमार कार्की : १३८