एमालेको ११औँ महाधिवेशनको मतगणना जारी, अध्यक्षमा ओलीको अग्रता

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमालेको ११औँ महाधिवेशनको मतगणना जारी, अध्यक्षमा ओलीको अग्रता

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत विद्युतीय मतदानको मतगणना काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ।

पार्टी निर्वाचन आयोगका अनुसार बिहीबार बिहान करिब पौने १० बजेदेखि मतगणना सुरु गरिएको हो। हालसम्म ८० मध्ये १६ विद्युतीय मेसिनको मतगणना सकिएको छ। सार्वजनिक नतिजाअनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ३३३ मत प्राप्त गरेका छन् भने ईश्वर पोखरेलले ११० मत पाएका छन्।

महाधिवेशनका लागि कुल २ हजार २६३ मतदाता रहेकामा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए। ३६ प्रतिनिधि मतदानमा अनुपस्थित रहेको पार्टी निर्वाचन आयोगले जनाएको छ। यस महाधिवेशनमा १९ पदाधिकारी पदका लागि ४२ जना प्रतिस्पर्धामा छन् भने केन्द्रीय कमिटीसहित सबै पदमा गरी ३०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्।