नेपाली बजारमा सुनचाँदीको भाउ फेरि बढ्यो, सुन तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो । बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत सोमबार सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढ्दै नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ बढी हो । बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।
लगातार दुई दिनयता चाँदीले नयाँ उच्च मूल्य रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव तथा घरेलु मागका कारण मूल्यमा वृद्धि भएको व्यवसायीहरू बताउँछन् ।













