प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री खनाल


काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार तीन मन्त्री नियुक्त गरेकी छिन् । जसमा अर्थमन्त्री रामेश्वर खनाललाई प्रधानमन्त्रीपछिको वरीयता दिइएको छ। खनालसँगै ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मा कुलमान घिसिङलाई दिइएको छ भने ओमप्रकाश अर्याललाई गृह, कानून, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी दिइएको छ। ती सबैले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।
तीनै मन्त्री अनुभवी पृष्ठभूमिबाट आएका छन्। खनाल र घिसिङ पूर्वप्रशासक हुन् भने अर्याल कानूनी क्षेत्रबाट आएका हुन्। अर्याल काठमाडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार पनि रहेका थिए।
आन्दोलनपछि जेनजी पुस्ताको मागअनुसार ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउने सहमति भएको थियो।