तीन महिनामा अर्थतन्त्र र पर्यटनमा तीव्र सुधार: अर्थमन्त्री खनाल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछिको तीन महिनामा नेपालले आर्थिक पुनरुत्थान र विकासको मार्गमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्।
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपाल को ६१औँ वार्षिकोत्सव अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “भदौ २३–२४ का आन्दोलनपछिको अनिश्चिततालाई पार गर्दै सरकारले ९० दिनभित्रै तीव्र गतिमा पुनर्निर्माण सुरु गरेको छ।”
खनालले उत्पादनमा गतिशीलता बढाउन कच्चा पदार्थको आयातमा वृद्धि भएको र उपभोग्य वस्तु आयातले उपभोग बढाएको बताए। कर राजस्व भदौमा केही घटेको भए पनि असोज, कार्तिक र मंसिरसम्म करिब १० प्रतिशतको वृद्धि भएको उनले जानकारी दिए।
उनी भन्छन्, “पर्यटन क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको छ। अक्टोबर २०२५ मा नेपालमा सबैभन्दा धेरै पर्यटक आएका थिए, जसले अन्तर्राष्ट्रिय जगतलाई नेपाल छिटो पुनरुत्थान हुने देशको रूपमा प्रस्तुत गरेको छ।”













