एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी

काठमाडौ । नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ ।

९ जना सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । बस्नेतले १५४४ मत प्राप्त गरेका छन् । दोस्रो धेरै मत पद्माकुमारी अर्यालले १५३० मत र तेस्रो छविलाल विश्वकर्माले १५०६ मत प्राप्त गरेका छन् ।

यस्तै अन्य सचिवमा शेरधन राई – १५०३ मत, हिक्मतकुमार कार्की – १३३७ मत, खगराज अधिकारी – १२३१ मत, यामलाल कंडेल – ११८५ मत, राजन भट्टराई – ११८१ मत र भानुभक्त ढकालले  ११०८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

यस परिणामसँगै ओली प्यानलले एमालेको नेतृत्व संरचनामा आफ्नो प्रभुत्व कायम गरेको छ।