उपमहासचिव पदमा भट्ट, महासेठ र भट्टराई विजयी
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको भर्खर सम्पन्न निर्वाचनमा उपमहासचिव पदमा भने लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराईले जितेका छन् ।
भट्टले १४५२ मत प्राप्त गरेका छन् भने रघुवीर महासेठले १३६८ मत गरे । उनीहरु केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् ।
यस्तै योगेश भट्टराईले भने १३४८ मत प्राप्त गरेका छन् । भट्टराई ईश्वर पोखरेल प्यानलबाट निर्वाचित भएका हुन् ।













