केपी ओलीका विश्वासपात्र रिमाल पराजित
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमाले ११ औँ महाधिवेशनमा केपी ओलीका विश्वास पात्र विष्णु रिमाल पराजित भएका छन् ।
उपमहासचिवमा लेखराज भट्ट, रघुविर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । उपमहासचिव पदमा पार्टीमा तीन जना निर्वाचित हुने व्यवस्था छ। यस वर्ष ७ जनाको उम्मेदवारी परेको थियो। ओली निकटका नेता विष्णु रिमाल चौथो स्थानमा रहे ।
उनले १,०९१ मत प्राप्त गरि पराजित भएका थिउ । यस्तै अन्य उम्मेदवारहरू आनन्दप्रसाद पोखरेल – ६३५ मत (पाँचौँ), वैजनाथ चौधरी – ५१७ मत (छैटौँ) र राजेन्द्रप्रसाद गौतम – २७० मत (सातौँ) प्राप्त गरेका थिए ।












