एमाले उपाध्यक्षमा गुरुङलाई सर्वाधिक लोकप्रिय मत, पोखरेल समुहबाट विष्ट विजयी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको हालै सम्पन्न उपाध्यक्ष निर्वाचनमा पृथ्वी सुब्बा गुरुङ सर्वाधिक लोकप्रिय मतसहित विजयी भएका छन्।
उपाध्यक्षका पाँच सिटका लागि भएको निर्वाचनमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त पनि क्रमशः लोकप्रियता मतका आधारमा निर्वाचित भएका छन्।
त्यस्तै, पार्टीभित्रै प्रभावशाली गुट मानेका केपी शर्मा ओली प्यानलका गुरु बराल उपाध्यक्षमा पराजित भएका छन्। यस परिणामले एमालेभित्रको गुटीय सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।













