यस्तो बन्यो एमालेको पदाधिकारी टिम (सूची सहित )

User Image Prime TV News ४ हप्ता अगाडि
Image of यस्तो बन्यो एमालेको पदाधिकारी टिम (सूची सहित )

काठमाडौ । नेकपा एमालेको बिहीबार सम्पन्न निर्वाचनमा केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन् भने शंकर पोखरेल महासचिवमा निर्वाचित भएका छन्।

उपाध्यक्ष पदमा पृथ्वी सुब्बा गुरुङ सर्वाधिक लोकप्रिय मतसहित विजयी भएका छन्। यसैगरी अन्य चार उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन्। यस निर्वाचनमा कुल १९ पदाधिकारीमध्ये दुई जनाबाहेक ओली पक्षका १७ जना विजयी भएका छन्।

पार्टीभित्र प्रभावशाली गुटका रुपमा रहेका गुरु बराल उपाध्यक्षमा पराजित भएका छन्।

११औ महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारीको टिम

अध्यक्ष

केपी शर्मा ओली : १६६३

उपाध्यक्ष (५)

पृथ्वीसुब्बा गुरुङ : १७३७

विष्णुप्रसाद पौडेल : १६७५

रामबहादुर थापा बादल : १५१६

गोकर्णराज विष्ट : १३६८

रघुजी पन्त : १२५८

महासचिव (१)

शंकर पोख्रेल : १२२८

उपमहासचिव (३)

लेखराज भट्ट : १४५२

योगेश भट्टराई : १३४८

रघुवीर महासेठ : १३६८

 सचिव (९)

महेश बस्नेत : १५४४

पद्माकुमारी अर्याल : १५३०

छविलाल विश्वकर्मा : १५०६

शेरधन राई : १५०३

हिक्मतकुमार कार्की : १३३७

खगराज अधिकारी : १२३१

यामलाल कंडेल : ११८५

राजन भट्टराई : ११८१

भानुभक्त ढकाल : ११०८