प्रदीप ज्ञवाली सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा विजयी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रदीप ज्ञवाली सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा विजयी

काठमाडौ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा प्रदीप ज्ञवालीले खुला केन्द्रीय सदस्यको निर्वाचनमा सर्वाधिक मत पाउँदै विजयी भएका छन्।

एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार जारी गरेको परिणामअनुसार, ज्ञवालीले १,९४२ मत प्राप्त गरेका छन् । जुन खुला तर्फ सबैभन्दा बढी हो। ज्ञवाली यसअघि दशौँ महाधिवेशनबाट उपमहासचिव निर्वाचित थिए।

यसपटक उनले महासचिव पदमा उम्मेदवारी दाबी गर्न खोजेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपाध्यक्षमा उठ्न निर्देशन दिएका थिए। ज्ञवालीले उपाध्यक्षको प्रस्ताव अस्वीकार गर्दै केवल केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए।

उपाध्यक्ष पद छोडेपछि उक्त सिटमा रघुजी पन्तलाई समेटिएको थियो। पन्त सुरुवातमा ओली प्यानलमा थिएनन्त तर पछि स्वतन्त्र उम्मेदवारी दिएर उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्।