विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा पनि पराजित भएका छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार रिमालले ६३० मत मात्रै पाएका छन्। केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि कम्तिमा १,५०० मत आवश्यक थियो । यसअघि रिमाल उपमहासचिव पदमा पनि पराजित भएका थिए।
सो पदका लागि उनीले १,०९१ मत प्राप्त गरेका थिए। एमालेमा तीन जना उपमहासचिव रहने व्यवस्था छ। यस पदका लागि लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन्। रिमालको लगातारको पराजयलाई पार्टीभित्रको जनप्रियता घट्दै गएको विश्लेषण गरिएको छ ।
अर्को तर्फ पार्टी भित्र केपी ओलीको विश्वास पात्रको रुपमा रहेर उनले खेल्दै आएको भूमिकाको पनि कडा आलोचना हुँदै आएको छ ।













