नेप्से परिसूचक घट्यो, १०.६६ अंकले घटेर २,६१५.०३ बिन्दुमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेप्से परिसूचक घट्यो,  १०.६६ अंकले घटेर २,६१५.०३ बिन्दुमा

काठमाडौ । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक घटेको छ। नेप्से परिसूचक १०.६६ अंकले घटेर २,६१५.०३ बिन्दुमा पुगेको छ।

आज कुल ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोडभन्दा बढी पुगेको छ। सबैभन्दा धेरै कारोबार बाराही हाइड्रोपावर पब्लिक लिमिटेडमा भएको छ ।

जसको कारोबार रकम २४ करोड ७२ लाख पुगेको छ। तर, सो कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । यस कम्पनीको सेयर मूल्य ४% भन्दा बढीले घटेको छ। त्यसैगरी, आजको बजारमा सबैभन्दा बढी नाफा कमाउने कम्पनी स्वस्तिक लघुवित्त रहेको छ। यस कम्पनीको सेयरमा पोजिटिभ सर्किट लागेको छ।