बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत बनाउन स्पेशल टाक्स फोर्स बनाएर काम गर्छुः श्रम मन्त्री भण्डारी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत बनाउन स्पेशल टाक्स फोर्स बनाएर काम गर्छुः श्रम मन्त्री भण्डारी

काठमाडौ । श्रममन्त्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत बनाउन स्पेशल टाक्स फोर्स बनाएर काम गर्ने बताएका छन् ।

२५ औं अन्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले बैदेशिक रोजगारका क्षेत्रमा धेरै गुनासो आउने गरेको भन्दै यसलाई व्यवस्थीत बनाउन स्पेशल टाक्स फोर्स बनाएर काम गर्ने बताए ।

मन्त्रालयमातहत रहने टाक्स फोर्समा सिआइबी, अपराध महाशाखालगाएतलाई सहभागी गराएर काम गर्ने उनले बताए । बैदेशिक रोजगार क्षेत्रमा देखिएका बिकृति अन्त्य गर्न व्यवसायीहरु नै अग्रसर हुनुपर्नेमा जोड दिदै मन्त्री भण्डारीले जेनजी आन्दोलनपछि अव सुशासनका क्षेत्रमा सुधार गर्न नसके अर्को ठूलो बिष्फोट हुनसक्नेतर्फ सवै सजक हुनुपर्ने बताए ।

मन्त्री भण्डारीले बैदेशिक रोजगारका क्षेत्रले मुलुकको अर्थतन्त्रमा धेरै सहयोग गरेको भन्दै यस क्षेत्रलाई सुधार गर्नुको बिकल्प नभएको धारणा राखे ।