सुहाङ नेम्वाङ बने लोकप्रिय मतसहित केन्द्रीय सदस्य

User Image Prime TV News ४ हप्ता अगाडि
Image of सुहाङ नेम्वाङ बने लोकप्रिय मतसहित केन्द्रीय सदस्य

काठमाडौ । नेकपा एमालेको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको उल्लेखनीय उपस्थिति देखिन थालेको छ। यसैक्रममा युवा नेता सुहाङ नेम्वाङ लोकप्रिय मतसहित केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन्।

खुला क्लस्टरबाट उम्मेदवारी दिएका नेम्वाङले १ हजार ७ सय २१ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका हुन्। सुरुमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको प्रारम्भिक प्यानलमा नपरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर, अन्तिम समयमा ओली पक्षले उनलाई आफ्नो सूचीमा समेटेको थियो। उनी ईश्वर पोखरेल समूहको प्यानलमा समेत रहेका थिए।

दिवंगत नेता सुवासचन्द्र नेम्वाङका सुपुत्र सुहाङ पिताको निधनपछि राजनीतिक यात्रामा सक्रिय बनेका हुन्। छोटो समयमै उनले शालीन, संयमित र जनउत्तरदायी युवा नेताको छवि निर्माण गर्न सफल भएका छन्।

यसअघि इलाम–२ मा सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उनी एमालेबाट निर्वाचित भइसकेका छन्।