राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका लामिछानेलाई उच्च अदालत बुटवलले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रिहा गर्न आदेश दिएको हो। यसअघि, लामिछाने र जोशीको मुद्दाको पेशी मंसिर २५ गते स्थगित भएको थियो, जसमा 'हेर्न नमिल्ने' कारण प्रस्तुत गरिएको थियो।
यसका पूर्व, मङ्सिर ११ गते तोकिएको पेशी लामिछानेका कानुनी प्रतिनिधिहरूको अनुरोधमा स्थगित गरिएको थियो। लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा थुनामा राखिएको छ।
उनी माथि सहकारी अपचलनको आरोप लागेको छ र यो मुद्दा लम्बे समयदेखि विवादित बनेको छ। जिल्ला अदालत रुपन्देहीले लामिछानेको रिहाइको अनुरोध अस्वीकार गर्दै, उनलाई थुनामा राख्न आदेश दिएको थियो। यसका कारण लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा अपिल दर्ता गरेका थिए ।
रवि अघिले नख्खु कारागारमा छन् ।













