पाँच शर्तका साथ रवि लामिछानेलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालतले पाँच शर्तका साथ थुनामुक्त गर्न आदेश दिएको छ।
अदालतले उनलाई रिहा गर्नका लागि २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बिगो सुरक्षित गर्ने शर्त राखेको छ। यसैगरी, विदेश यात्रा गर्न पनि अनुमति दिइएको छ । तर त्यसका लागि अदालतको पूर्व अनुमति आवश्यक पर्नेछ।
अदालतको निर्णय अनुसार, रवि लामिछानेले सुप्रिम सहकारीबाट प्रवाह भएको बिगोको रकम दामासाहीले हुने बिगोको रुपमा बैंक ग्यारेन्टी राखेर जमानत दिनुपर्नेछ। यस निर्णयसँगै, अदालतले बचतकर्ताको रकमको सुनिश्चितता र न्यायिक प्रक्रिया अघि बढाउनका लागि एक महत्त्वपूर्ण कदम उठाएको छ।
अघिको धरौटी स्वीकार गर्ने, बिगोको रकम जमानत राख्ने, विदेश यात्रा गर्नका लागि अदालतको अनुमति लिनुपर्ने, अदालतको फैसले अनुसार कुनै थप दायित्व उत्पन्न भएमा, त्यसलाई स्वीकार गरेर तिर्नुपर्ने, कुनै महत्वपूर्ण कदम उठाउँदा अदालतलाई पूर्व जानकारी दिने शर्त पनि राखिएको छ।













