एमाले महाधिवेशनमा निर्वाचित भएकाहरुले लिए शपथ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओलीले तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका छन्।
बिहीबार सम्पन्न महाधिवेशनमा ओलीले प्रमुख प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै पार्टीको नेतृत्व सम्हाल्न शपथ लिएका हुन्।
महाधिवेशनको मत परिणाम सार्वजनिक भएपछि, भृकुटीमण्डपमा आयोजित शपथ ग्रहण समारोहमा ओलीसँगै अन्य नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले पनि शपथ लिएका छन्।
ओलीले अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने क्रममा आफ्नो कार्यकालमा पार्टीलाई एकताबद्ध राख्ने, समृद्धिका लागि योजना ल्याउने र समाजवादी अडानमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
महाधिवेशन संगै ओलीको नेतृत्वमा नेकपा एमालेले आगामी पाँच वर्षको लागि नयाँ दिशा र रणनीति तय गरेको छ ।












