ओलीको चेतावनी: जाली मुद्दा लगाइए देश ठप्प पारिन्छ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भइरहेको दाबी गर्दै यदि त्यस्तो प्रयास भए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएपछि आयोजित सभामा सम्बोधन गर्दै उनले एमाले नेतृत्वमाथि मुद्दा लगाइए सरकार ढाल्ने र देश जाम पार्ने निर्देशन पार्टी पंक्तिलाई दिएका हुन्।
जाँचबुझ समितिले ओली लगाएतका राजनीतिक दलका नेताहरुलाई बोलाउने तयारी गरि रहँदा ओलीले यस्तो अभिब्यक्ति दिएका हुन् ।
ओलीले पञ्चायतकालसँग तुलना गर्दै अहिले पनि जाली मुद्दा लगाउने प्रयास भइरहेको आरोप लगाए। “एमाले नेतृत्वमाथि छोएमा देश ठप्प हुनुपर्छ,” उनले भने, “एमालेले सरकार ढाल्ने छ। एमालेलाई छोएको महँगो पर्ने छ।”
उनले कार्यकर्तालाई केवल भाषणमा सीमित नरही व्यवहारमै तयारी देखाउन आग्रह गर्दै जाली मुद्दा लगाएमा देशभर जाम गर्ने निर्देशन दिएका छन्। “हामी कुराले होइन, कामले तयार हुनुपर्छ,” ओलीको भनाइ थियो।













