एमाले नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक आज
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज आयोजना हुने भएको छ।
पार्टी सचिव डा. राजन भट्टराईका अनुसार बैठक दिउँसो १ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने तय गरिएको छ। महाधिवेशनमार्फत केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन भइसकेको छ।
नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले यसअघि नै शपथ ग्रहण गरिसकेका छन्। आजको बैठकमा पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।
विशेषगरी पोलिटब्युरो र स्थायी कमिटी गठन, कार्यविभाजन र आन्तरिक संरचना व्यवस्थापनबारे निर्णय हुन सक्ने पनि बताइएको छ।













