उच्च अदालतको आदेशपछि रवि लामिछाने आज थुनामुक्त हुँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of उच्च अदालतको आदेशपछि रवि लामिछाने आज थुनामुक्त हुँदै

काठमाडौ । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज थुनामुक्त हुने भएका छन्।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले धरौटी स्वीकार गर्दै रिहाइको आदेश दिएपछि ललितपुरस्थित नख्खु कारागारबाट उनको रिहाइ प्रक्रिया अघि बढाइएको हो।

कारागार प्रशासनका अनुसार लामिछाने जिल्ला अदालत रुपन्देहीबाट आवश्यक कागजात प्राप्त भएपछि मात्रै औपचारिक रूपमा मुक्त हुनेछन्। सोही प्रक्रिया पूरा गर्न उनी आज भैरहवा पुग्ने जनाइएको छ।

उच्च अदालतले दुई करोड ६८ लाख रुपैयाँ धरौटीमा लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको हो। आदेशअनुसार धरौटी रकम बुझाइसकेपछि रिहाइका लागि कानुनी औपचारिकता पूरा गरिँदैछ।

लामिछाने रिहा हुने खबर सार्वजनिक भएपछि बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्यामा समर्थकहरूको भीड जम्मा भएको थियो। भीड बढेपछि सुरक्षाका दृष्टिले प्रहरी परिचालनसमेत बढाइएको थियो।