मधेश प्रदेश सभामा आज विश्वासको मत, मुख्यमन्त्री यादवको बहुमत परीक्षा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मधेश प्रदेश सभामा आज विश्वासको मत, मुख्यमन्त्री यादवको बहुमत परीक्षा

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

प्रदेश सभाको बैठक आज दिउँसो ४ बजे बस्ने तय भएको छ। प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव आजको कार्यसूचीमा समावेश गरिएको छ। बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सरकारको नीति, प्राथमिकता र आगामी कार्ययोजनाबारे धारणा राख्ने कार्यक्रम पनि छ।

यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानिक व्यवस्थाअनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार उनले नियुक्त भएको १५ दिनमै विश्वासको मत लिन लागेका हुन्।

प्रदेश सभामा दलगत समीकरण र समर्थनको अवस्थालाई लिएर राजनीतिक चासो बढेको छ।