चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक, प्रेम कथामा आधारित गीतले आकर्षण थप्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक, प्रेम कथामा आधारित गीतले आकर्षण थप्यो

काठमाडौ । आगामी माघ २३ गते रिलिज हुने नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’ को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ। गीतमा केहर सिंह लिम्बूको स्वर रहेको छ भने शब्द सुमन तामाङले लेखेका हुन्। गीतको संगीत सुमन तामाङ र केहर सिंह लिम्बूको सहकार्यमा तयार गरिएको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आकृति राजभण्डारी र अबिषेक खड्का फिचर्ड छन्। भिडियोमा प्रेम र भावनालाई केन्द्रमा राखेर कथा अनुसार दृश्य तयार गरिएको छ। दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘कुमारी’ मा अबिषेक खड्का र आकृति राजभण्डारीसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह र सरोज लामिछानेले अभिनय गरेका छन्।

चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल रहेका छन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने छायांकन निर्देशन सुसन प्रजापतिले गरेका छन्। चलचित्रको पहिलो गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। दोस्रो गीत ‘तिमी बिना’ ले पनि चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।