फागुन २१ मा निर्वाचन समयमै हुनुपर्छः डा शेखर कोइराला
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन समयमै हुनैपर्ने बताएका छन्। स्थानीय नेतासँगको भेटघाट कार्यक्रममा उनले निर्वाचनको तयारीका लागि पार्टी पङ्तिलाई सक्रिय हुन निर्देशन दिएका छन्।
कोइरालाले प्रजातन्त्रको स्थायित्व र मुलुकलाई संकटबाट जोगाउन निर्वाचन आवश्यक रहेको बताए। उनले भने, “हामी त निर्वाचनको मिति कुरेर बसेका छौं, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत छ।”
उनले सरकारमाथि पनि प्रश्न उठाए, “दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू पनि छुटेका छन्। यसबारे सरकार के सोचिरहेको छ?”













