हुस्सुका कारण रवि लामिछाने काठमाडौँमै रोकिए
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । रास्वपा सभापति रवि लामिछाने आज भैरहवा विमानस्थल हुस्सु लागेका कारण रुपन्देही पुग्न असमर्थ भएका छन्।
बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका लामिछाने, विमानस्थल खुल्ने पर्खाइमा अहिले काठमाडौँमै रोकिएका छन्। स्वकीय सचिव अविनाश आचार्यका अनुसार, “फस्ट फ्लाइटमार्फत लामिछानेलाई रुपन्देही ल्याउने तयारी थियो, तर विमानस्थल खुल्न नसक्दा ढिलाइ भएको हो।
विमानस्थल खुलेपछि उनी जिल्ला अदालतमा उपस्थित हुनेछन्।” उच्च अदालत बुटवलले हिजो लामिछानेलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले बताए अनुसार, लामिछाने आज निवेदन दिनेछन् र जम्मा भएको २ करोड ७४ लाख रुपैयाँ बैंक प्रतिनिधिले बुझाएपछि उनलाई छाडिनेछ।













