रवि लामिछाने चितवन हुँदै रुपन्देही जाँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रवि लामिछाने चितवन हुँदै रुपन्देही जाँदै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेर रिहाइको प्रक्रिया पूरा गर्न रुपन्देही जिल्ला अदालत जान लागेका छन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई रिहाइको आदेश दिएपछि लामिछाने आज बिहान सिधै भैरहवा जाने योजना बनाएका थिए। तर भैरहवा विमानस्थल नखुल्दा, उनको यात्रा योजना परिवर्तन भएको छ।

अब उनी काठमाडौँबाट चितवन हवाईजहाजबाट र चितवन देखि गाडीमार्फत रुपन्देही जाने भएका छन्। उनका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले भने , “अहिलेसम्म उहाँ चितवन उडिसक्नुभएको छैन। काठमाडौँ एयरपोर्टमै हुनुहुन्छ र केही बेरमा प्रस्थान गर्नुहुनेछ।” लामिछानेको यो यात्रा थुनामा रहेका बेला रिहाइ प्रक्रिया पूरा गर्न अदालतसम्म पुग्नुपर्ने कानुनी प्रक्रिया अनुसार भइरहेको छ।