अमेरिकाबाट डिपोर्ट भएका ७५ जना नेपाली काठमाडौं आइपुगे
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाबाट डिपोर्ट भएका ७५ जना नेपाली बिहीबार काठमाडौं आइपुगेका छन्। यसमध्ये ६ महिला पनि छन्। उनीहरूलाई अमेरिकाबाट चार्टर्ड विमानमार्फत काठमाडौं पठाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अधिकृतका अनुसार अमेरिकाले डिपोर्ट गरेका ७५ जना नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौं पठाएको हो।
डोनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको शपथ लिएपछि हालसम्म ४६३ जना नेपाली डिपोर्ट भइसकेका छन्। यसअघि पनि सन् २०८२ जेठ २५ र भदौ १९ गते अमेरिकाले ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो।
अमेरिकाले डिपोर्ट गर्ने नेपालीहरू प्रायः अवैध तरिकाले अमेरिका बसोबास गर्ने नागरिकहरू हुने गरेका छन्। काठमाडौं आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिन्छ र आवश्यक सोधपुछ गरी मानव तस्करी तथा अवैध आप्रवासी प्रवेश सम्बन्धी जानकारी लिइन्छ।
ट्रम्प प्रशासनले राष्ट्रपति पदमा निर्वाचित भएपछि अवैध आप्रवासीमाथि कडाइ गर्ने र आवश्यक परे निष्कासन गर्ने नीति लागू गरेको थियो। यसअनुसार १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरिएको थियो, जसमा १,३६५ नेपाली पनि थिए।













