भोलि काठमाडौंमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of भोलि काठमाडौंमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले भोलि काठमाडौंको भृकुटीमण्डपमा ठूलो एकता सन्देश सभा आयोजना गर्दैछ। पार्टीका नेता प्रकाश ज्वालाले सभा व्यवस्थित गर्न मातहतका कमिटीलाई समन्वय र सहकार्य गर्न निर्देशन दिएको बताए।

सभालाई बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिले संयुक्त रूपमा आयोजना गर्दैछन्। मञ्च व्यवस्थापन, नेताहरूको स्वागत र सुरक्षा सुनिश्चित गर्न स्वयंसेवक परिचालन गर्ने निर्णय पनि गरिएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरूले सभालाई सम्बोधन गर्नेछन्। नेता हिमाल शर्माले काठमाडौं उपत्यकाभरबाट व्यापक जनसहभागिता सुनिश्चित गरिएको जानकारी दिएका छन्। पार्टीले यस सभालाई शक्ति प्रदर्शन र एकताको प्रतीकका रूपमा हेरेको छ।