एमालेमा बिदाभएका नेतृत्वलाई समेट्दै केन्द्रीय सल्लाहकार परिषद् गठनको तयारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एमालेमा बिदाभएका नेतृत्वलाई समेट्दै केन्द्रीय सल्लाहकार परिषद् गठनको तयारी

काठमाडौ । नेकपा एमालेले केन्द्रीय कमिटीबाट बाहिरिएका नेता तथा पदाधिकारीहरूको अनुभवलाई संस्थागत रूपमा उपयोग गर्न केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने तयारी गरेको छ।

शुक्रबार काठमाडौंमा बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले परिषद् गठनसम्बन्धी प्रस्तावबारे जानकारी गराएका हुन्। प्रस्तावअनुसार केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारीहरू परिषद्‌मा रहनेछन्।

बैठकमा पार्टीका विभिन्न प्रस्तावहरू निर्णयार्थ पेश भइरहेका छन् भने संगठनात्मक संरचना मजबुत बनाउने विषयमा पनि छलफल भइरहेको छ। यसैबीच, एमालेले आगामी पुस २७ देखि २९ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको छ। उक्त बैठकमा महाधिवेशनपछिका एजेन्डा र कार्ययोजना तय गरिने जनाइएको छ।