प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश जारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश जारी

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन्। शुक्रबार राष्ट्रपति पौडेलले संविधानको व्यवस्था बमोजिम उक्त अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार संविधानको धारा ११४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा आवश्यक संशोधन गर्न सरकारले अध्यादेशको बाटो रोजेको जनाइएको छ।

सरकारले निर्वाचनसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल र व्यवहारिक बनाउन संशोधन आवश्यक रहेको जनाएको छ। अध्यादेशमार्फत गरिएका संशोधनले आगामी निर्वाचन प्रक्रियालाई थप स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।